चिठ्ठीमा ५० वर्षअघि एक पारिवारिक क्याम्पिङका क्रममा लेखिएको सन्देश रहेको छ।
अमेरिकाको पेन्सलभानियाको पेरी काउन्टिस्थित फोलर्सं हलो स्टेट पार्कमा एक व्यक्तिले बोतलभित्र ५० वर्षअघिको कागजको चिठ्ठी भेटाएका छन्। पार्कमा हिँडिरहेका बेला जो फ्रिसेट्टा र उनकी श्रीमती मार्सी मोवेरेले सो बोतल भेट्टाएका थिए।
फोहरमा फालिएको बोतलभित्र कागज देखेपछि कुनै महत्त्वपूर्ण हुने ठानेर उठाएका थिए। जसमा ५० वर्षअघि एक पारिवारिक क्याम्पिङका क्रममा लेखिएको सन्देश राखिएको थियो। मेवेरेका अनुसार त्यसबेला पार्कमा जानका लागि काटिएको टिकटमै लेखिएको चिठ्ठी थियो। सन् १९७३ अगस्ट ३१ मिति उल्लेखित टिकटको पछाडिको भागमा न्युयोर्कका बर्नाड मोरलाई चिठ्ठी लेखिएको थियो।
त्यहाँ चार जना मानिसले क्याम्पिङका क्रममा आफ्नो अनुभव लेखेका छन्। उनीहरूले क्याम्पिङ ट्रिपका क्रममा पत्र लेखेका थिए। क्यापिङका क्रममा ११ नम्बरको शिविरमा बसेको लगायत अनुभव लेखिएको छ। पत्रका साथै त्यसमा कागजको प्लेट पनि रहेको मोवेरेले बताइन्।
पेन्सलभानिया पार्क एन्ड फरेस्ट फाउन्डेशनकी अध्यक्ष समेत रहेकी मोवेरेले यस घटनाले स्टेट पार्कमा क्याम्पिङमा जाँदाको सम्झनालाई ताजा गराएको बताइन्। त्यस चिठ्ठीमा नाम उल्लेख भएका मोर परिवार तथा उनका आफन्तलाई भेट्ने प्रयास भइरहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
