सर्वोच्च अदालतले सन्दीप लामिछानलाई विदेशमा क्रिकेट खेल्न जान अनुमति दिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले नाबालिगमाथि बलात्कार गरेको अभियोग खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपलाई विदेश जानका लागि अनुमति दिएको हो।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरले भने, "बाहिर खेल्न जानलाई नरोक्नु भन्ने आदेश दिएको छ। सर्वोच्चको यो आदेशसँगै सन्दीप विदेश खेल्न जान पाउने भएका छन्।"
लामिछानेलाई थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालय र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने माग गर्दै सन्दीपले दिएको निवेदनलाई एकै ठाउँमा राखेर सर्वोच्चको बन्द इजलासमा सुनुवाइ भएको थियो।
पुस २८ गते पाटन उच्च अदालतले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीसहित रिहाइको आदेश दिँदा उनले काठमाडौँ उपत्यकाबाहिर जाँदा प्रहरीको अनुमति लिनुपर्ने सर्त राखिएको थियो। सर्तहरू उल्लंघन गरे उनी पुनः जेल पर्ने आदेशमा उल्लेख छ।
लामिछानेविरुद्ध २१ गते काठमाडौँको गौशालास्थित प्रहरी कार्यालयमा बलात्कारसम्बन्धी उजुरी परेको थियो। उजुरी दर्ता हुँदा क्रिकेट खेल्न क्यारेबियन लिग खेल्न जमैकामा थिए। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले भदौ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो भने सोही दिन क्यानको कार्यसम्पादन समितिले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गर्ने निर्णय गरेको थियो।
लामो समय नेपाल नफर्केपछि लामिछानेविरुद्ध इन्टरपोलमार्फत सूचना जारी गरेको थियो। असोज २० गते नेपाल फर्केका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाट क्षतिपूर्ति भराउन माग दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।
कात्तिक १८ गते काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि सुनधारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेकोमा सर्तसहित धरौटीमा रिहा भएका थिए। नाबालिगमाथि बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
