पीएसजीका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

स्पेनमा जन्मिएका हाकिमीले मोरक्कोलाई कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुर्‍याएर इतिहास रचेका थिए।

पेरिस सेन्ट–जर्मेन (पीएसजी)बाट व्यावसायिक फुटबल खेलिरहेका आच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ।

२४ वर्षीया फ्रान्सेली महिलाले यस्तो आरोप लगाएकी हुन्। डिफेन्डर हाकिमीले २५ फेब्रुअरीमा पेरिसस्थित आफ्नै घरमा बलात्कार गरेको ती महिलाको भनाइ छ। घटनाबारे आइतबार प्रहरीलाई जानकारी गराए पनि उजुरी दर्ता नगरेको स्रोतले बताएको बीबीसीले जनाएको छ।

स्पेनमा जन्मिएका हाकिमीले मोरक्कोलाई कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुर्‍याएर इतिहास रचेका थिए। मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टोलीसमेत बनेको थियो।