लोसपा नेता भण्डारीले आठ दलीय गठबन्धनभित्र राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेबाहेक अरू विषयमा सहमति नभएको बताएका छन्।
धनुषा– लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले आठ दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको बताएका छन्। जनकपुरधाममा आठ दलीय सत्तागठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट पारेका हुन्।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताए पनि आठ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए। उनले सञ्चारमाध्यममा आएजस्तै उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताए।
“अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, अहिले राष्ट्रपतिको विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला”, उनले भने।
भण्डारीले गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न बनेको बताए। उनले यसअघिको सत्तागठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे। शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण अहिले सत्तागठबन्धन बाहिर रहेको भण्डारीको भनाइ थियो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले गठबन्धनको उम्मेदवार पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेस आफैँ इमानदार हुनु आवश्यक रहेको बताए। "मलाई कुनै दलको साथीमाथि शंका छैन, कांग्रेसी साथीहरूमाथि नै शंका छ। तपाईंहरू पहिला इमानदार हुनुस्", उनले भने। अभिमुखीकरण कार्यक्रममा आठ दलीय गठबन्धनमा आबद्ध आठ वटै दलका नेताको सहभागिता रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
