उदयपुरको १८ हजार ४०० हेक्टरमा मकैखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
उदयपुर– मकैखेती गर्ने बेलामा वर्षा नहुँदा कृषक मर्कामा परेका छन्। उदयपुरका पहाडी क्षेत्रका मकै उत्पादक कृषकलाई खडेरीले चिन्तित बनाएको हो।
यहाँ माघबाटै खेतबारी जोत्ने र फागुनको पहिलो हप्तादेखि मकै छर्न शुरू गरिन्छ। खडेरीले समस्यामा पारेको रौतामाई गाउँपालिका–२ भुटारका कृषक गोपाल मगरले बताए। “माघको दोस्रो हप्ताबाट नै खेतबारी जोतियो। मकै छर्ने समयमा पानी आएन,” उनले भने, बेला बित्न लाग्यो।”
खडेरीले मर्क छर्न नपाएको उदयपुरगढी गाउँपालिका भलायाडाँडाका कृषक अम्बरबहादुर अधिकारीले बताए। "विगतमा पुस वा माघदेखि वसन्त पञ्चमीभित्र दुई–चारपटक वर्षा हुँन्थ्यो। जमिन मज्जाले भिज्थ्यो," उनले भने, "मकैखेती गर्न सहज हुन्थ्यो।" सुक्खा बढ्दै गएकाले खेतीपाती गर्न कठिनाइ भएको लिम्चुङबुङ गाउँपालिका–३ जाँतेका खम्बरराज राईको भनाइ छ।
फागुन लाग्नासाथ मकै छर्न आकाशे पानी कुरेर बसे पनि त्यसो नहुँदा यस क्षेत्रका किसान चिन्तित बनेको उनले सुनाए। त्रियुगा नगरपालिका–१६ चिलाउनेका जीतबहादुर राईले छ वर्षपछि खडेरीको समस्या भोगेको बताए। “२०७४ सालमा पनि पुसदेखि वर्षा भएन। जबरजस्ती उम्रेका बिरुवा सबै मरे। २०७४ पुसदेखि २०७५ भदौसम्म सुक्खा हुँदा जिल्लाको पहाडी क्षेत्रमा मकैखेती नै रहेन,” उनले सुनाए।
दुई वर्षअघि पनि यसरी नै लामो खडेरी लागेर मकैखेती गर्न समस्या भएको थियो। बीउ नै नरहेपछि गत वर्ष कृषकले छिमेकी जिल्ला धनकुटा, सङ्खुवासभा, भोजपुर र इलामबाट ल्याएका थिए। यहाँका चार पालिकामा झन्डै ६० प्रतिशत कृषक मकै खेतीमा निर्भर रहेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।
उदयपुरमा १८ हजार ४०० हेक्टर जग्गामा मकैखेती हुँदै आएको केन्द्रका सूचना अधिकारी महेश चौधरीले बताए। रौतामाई गाउँपालिका, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिकासहित त्रियुगा नगरपालिका कटारी बेलका र चौदण्डीगढी नगरपालिका धेरै मकैखती हुने ठाउँ हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
