रिटमा दाहाललाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ। दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित कार्यक्रममा भनेका थिए, “१७ हजार होइन, पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु।”
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले अधिवक्ता ज्ञानेन्द्रराज आरणले दिएको रिट दर्ता भएको बताए। आरण र कल्याण बुढाथोकीसहित २४ जना द्वन्द्वपीडितले रिट दिएकोमा बुढाथोकीसहितले दिएको रिट भने प्रक्रियामा रहेको उनले बताए।
रिटमा दाहाललाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरिएको छ। दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित कार्यक्रममा माओवादीको हिंसात्मक विद्रोहकालमा मारिएका १७ हजार नेपालीलाई लक्षित गर्दै भनेका थिए, “१७ हजार होइन, पाँच हजार मान्छे मारेको जिम्मा म लिन्छु।”
दाहालको यही अभिव्यक्तिलाई प्रमाणको रुपमा पेस गर्दै २४ जना द्वन्द्वपीडित दुई फरक रिट लिएर सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च प्रशासनले गत कात्तिक २४ मा दुबै रिट दरपीठ गरिदिएको थियो। दरपीठको निर्णयविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाई गर्दै शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो।
सर्वोच्चको यो आदेशपछि माओवादी केन्द्रले विज्ञप्ति निकालेरै विरोध गरेको थियो। माओवादी केन्द्रसहित माओवादी धारका आठ पार्टीले मंगलबार बिहान मात्र द्वन्द्वपीडितले न्यायका लागि अघि बढाएको यो प्रक्रियाको प्रतिवाद गर्नेृ धम्की दिएका थिए। आरणले दायर गरेको रिटमाथि सुनुवाईका लागि सर्वोच्चले बिहीबारलाई मिति (पेसी)समेत तोकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
