तालिवानले सत्ता सम्हालेयता अफगानिस्तानमा हिंसात्मक घटना नाटकीय रूपले घटे पनि तालिवान कार्यकर्ता मारिने क्रम रोकिएको छैन।
अफगानिस्तानमा भएको विस्फोटमा बाल्ख प्रान्तका गभर्नर मोहम्मद दाउद मुजाम्मिलसहित ३ जनाको मृत्यु भएको छ।
गभर्नरको कार्यालयमा भएको विस्फोटमा उनीहरूले ज्यान गुमाएको अल जजिराले उल्लेख गरेको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ।
मुजाम्मिल सन् २०२१ मा तालिवानले अफगानिस्तानको सत्ता हत्याएयता मारिएका पहिलो तालीवानी उच्चाधिकारी हुन्। बाल्ख प्रान्तका प्रहरी प्रवक्ता असिफ वाजिरीले गभर्नरको कार्यालयको दोस्रो तलाभित्र विस्फोट भएको बताएका छन्।
“यो आत्मघाती आक्रमण हो,” उनले भने, “तर ती आक्रमणकारी कसरी कार्यालयभित्र प्रवेश गरे भन्ने सूचना हामीसँग छैन।” गभर्नर मुजाम्मिल कार्यालयमा प्रवेश गरेलगत्तै विस्फोट भएको उनले बताए।
अतिवादी समूह इस्लामिक स्टेटका लडाकुविरुद्ध लडाइँको नेतृत्व गरिरहेका मुजाम्मिल यसअघि पूर्वी प्रान्त नानगरहरका गभर्नर थिए। उनी गत अक्टोबरमा मात्रै बाल्खमा सरुवा भएका थिए।
तालिवानी प्रवक्ता जुबिहुल्लाह मुजाहिदले ट्विट गरेका छन्, “इस्लामका शत्रुहरूले गराएको विस्फोटमा परी गभर्नर मुजाम्मिल शहिद भए।” घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ।
तालिवानले सत्ता सम्हालेयता हिंसात्मक घटना नाटकीय रूपले घटे पनि तालिवानी कार्यकर्ता मारिने क्रम रोकिएको छैन। ती अधिकांश घटनामा आईएसले जिम्मा लिएको छ।
बुधबार मात्रै बाल्ख प्रान्तको राजधानी मजर ए शरीफमा ८ जना विद्रोही र अपहरणकारीको हत्या गरिएको थियो। यद्यपि, ती विद्रोही र अपहरणकारी कुन समूहका हुन् भन्ने खुलाइएको थिएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
