आइतबार सम्पन्न अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको छ।
काठमाडौँ– नेपाल समूह विजेता बन्दै एएफसी यू-२० महिला एशियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
प्यालेस्टाइनस्थित फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा आइतबार सम्पन्न दोस्रो तथा अन्तिम खेलमा नर्दन मारियाना आइल्यान्डलाई ६-० गोलअन्तरले पराजित गर्दै नेपाल समूह 'बी' को विजेता बनेको हो।
नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले दुई/दुई गोल गरे। सरस्वती हमाल र जेनिफर रानाको नामा एक/एक गोल रह्यो।
खेलको पाँचौँ मिनेटमा दिपाले गोल गर्दै नेपाललाई शुरूआती अग्रता दिलाएकी थिइन्। सातौँ मिनेटमा साराले गोल थपिन्।
१९औँ मिनेटमा दिपाले व्यक्तिगत दोस्रो गोल गर्दा नेपालको अग्रता तेब्बर बन्यो। ३०औँ मिनेटमा सरस्वतीले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाइन्।
पहिलो हाफ सकिनुअघि साराले व्यक्तिगत दोस्रो गोल गर्दै ५-० को अग्रता दिलाइन्। त्यसपछि खेलको इन्जुरी समयमा जेनिफरले गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन्।
यस जितसँगै समूह 'बी' को नेपालले २ खेलमा ६ अंक जोड्यो। नेपाल अपराजित रहँदै दोस्रो चरणमा पुगेको हो। नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० गोल अन्तरले हराएको थियो।
दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ। दोस्रो चरणका शीर्ष ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ।
उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
