सोमबार २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक किनबेच हुँदा एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– पुँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ।
आइतबार २६.८० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार २४.६८ अंकले घटेको हो। सोमबारको कारोबारपछि नेप्से परिसूचक १९५१.२१ विन्दुमा कायम भएको छ।
सोमबार २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक किनबेच हुँदा एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक १६५.०१ अंकले घटेको छ।
त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८२.७४ अंकले र लघुवित्त समूहको उपसूचक ६०.८४ अंकले घटेको छ।
बैंकिङ समूह २०.३६, विकास बैंक समूह ३७.२२, वित्त समूह १३.८९, होटल तथा पर्यटन समूह २५.१० र जलविद्युत् समूह १६.३५ अंकले घटेको छ।
त्यसैगरी, लगानी समूह ०.६२, उत्पादन तथा प्रशोधन समूह ४४.१२, व्यापार समूह ३०.६१ र अन्य समूह १३.७४ अंकले घटेको नेप्सेले जनाएको छ।
सोमबार सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ७.६२ अंकले घटेको छ।
सोमबार एनआइसी एशिया बैंक लिमिटेडको ६ करोड २४ लाख ५६ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका सेयर संख्याका आधारमा अरुण भ्याली हाइड्रोपावर लिमिटेडको एक लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
