नाका खुलेसँगै बुधबारदेखि विभिन्न देशका पर्यटकले चीन भ्रमणका लागि भिसा प्रक्रिया शुरू गर्न पाउने छन्। कोभिड महामारी फैलिएपछि चीनले २०२० को मार्च २८ देखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो।
चीनले कोरोना महामारीपछि पहिलो पटक विदेशी पर्यटकका लागि सीमा खुलाएको छ। बुधबारदेखि विभिन्न देशका पर्यटकले चीन भ्रमणका लागि भिसा प्रक्रिया शुरू गर्न पाउने छन्।
साथै, सांघाईमा क्रुज सिप्स र हाइनान टापुमा भिसा फ्री प्रवेश समेत खुला गर्ने तयारी भइरहेको छ। यस्तै, हङकङ र मकाउका भ्रमण टोलीले फ्री भिसाको सुविधा पाउनेछन्। सन् २०२० मार्च २८ अघि भिसा पाएकालाई पुनः मान्यता दिइने प्रक्रिया पनि अघि बढ्ने बीबीसीले जनाएको छ।
बेइजिङले शून्य कोभिड नीति हटाएसँगै विदेशीलाई स्वागत गर्न लागेको हो। कडा स्वास्थ्य मापदण्ड र राष्ट्रपति सी जिनपिङको विरोधमा प्रदर्शन चर्केपछि चीनले गत डिसेम्बरमा शून्य कोभिड नीति हटाएको थियो।
चीनले कोभिडपछि सामान्य जीवनशैली अपनाउनका लागि हाल अन्तरदेशीय मापदण्ड हटाउनुलाई महत्वपूर्ण कदम मानिएको बीबीसीले लेखेको छ। महामारीअघि चीनमा वार्षिक लाखौँ विदेशी पर्यटक भ्रमणका लागि जाने गर्दथे।
तर, पछिल्लो तीन वर्षसम्म चीन जान कडा स्वास्थ्य मापदण्डको पालना गर्नुपरेको थियो। अब भने चीनमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने बताएको छ। अब चिनियाँ नागरिक पनि भ्रमणका लागि ६० देशमा जान पाउने भएका छन्।
यसअघि २० देशमा जाने अनुमति थियो। प्रवेश प्रतिबन्ध हटाएसँगै चीनमा सामान्य जीवन शुरू हुने बताइएको छ।
साथै लाखौँ पर्यटक भित्रिने र देशको अर्थतन्त्रले गति लिने अपेक्षा पनि चीनले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
