गुगल, अमेजनजस्ता कम्पनीले प्रतिस्पर्धी बन्न र खर्च कटौतीमा सन्तुलन मिलाउन संघर्ष गरिरहेका बेला मेटाले पनि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। मेटाले यसअघि खुलाएको ५ हजार जनाको आवेदनसमेत रद्द गरेको छ।
फेसबुक, इन्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ।
मेटाका प्रमुख कार्यकारी (सीईओ) मार्क जुकरबर्गले फेसबुकमार्फत सूचना जारी गर्दै कर्मचारी कटौती गर्ने घोषणा गरेका हुन्।
अमेरिकामा ब्याजदर बढेको, विश्वमा भूराजनीतिक अस्थिरता र बढ्दो नियमनका कारण मेटालाई समेत प्रभाव परेकाले यस्तो निर्णय लिनुपरेको जुकरबर्गको भनाइ छ। “मलाई लाग्छ, यो नयाँ आर्थिक वास्तविकताले अझै केही वर्ष निरन्तरता पाउने सम्भावना छ। त्यसैले हामी यसका लागि तयार हुनुपर्छ।”
गुगल, अमेजनजस्ता कम्पनीले प्रतिस्पर्धी बन्न र खर्च कटौतीमा सन्तुलन मिलाउन संघर्ष गरिरहेका बेला मेटाले पनि कर्मचारी कटौती गर्ने घोषणा गरेको हो। अमेजनले आर्थिक अस्थिरतालाई कारण देखाउँदै १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरिसकेको छ।
गुगलको मातृ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गरेको छ। यस्तै, मेटाले यसअघि रोजगारीका लागि ५ हजार जनाका लागि खुलाएको आवेदनसमेत रद्द गरेको जनाएको छ। कम्पनीको पुनर्संरचनाका लागि यस्तो निर्णय गरिएको बताइएको छ।
नोभेम्बरमा ११ हजार कर्मचारी कटौती गरेको मेटाले ६ महिना नबित्दै पुनः ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना सार्वजनिक गरेको हो।
आफ्ना कर्मचारीलाई यसबारे सूचना दिँदै जुकरबर्गले कम्पनीको आम्दानी नाटकीय रूपले घटेकाले संकट देखा परेको बताएका थिए। तर, कम्पनीले सन् २०२२ मा २३ बिलियन डलर नाफा कमाएको बीबीसीले उल्लेख गरेको छ।
प्रविधि क्षेत्रको रोजगारी र नोक्सानीको ‘ट्र्याक’ गर्ने संस्था ‘लेअफ्स डट एफवाइई’का अनुसार सन् २०२३ मा विश्वभर प्रविधि क्षेत्रबाट एक लाख २८ हजार रोजगारी कटौती भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
