उपराष्ट्रपतिका उम्मेदवार यादवले गठबन्धनको साथ आफूलाई रहेकाले जित निश्चित रहेको दाबी गरेका छन्। उपराष्ट्रपतिका लागि मतदान जारी छ।
काठमाडौँ– उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन्।
आफू उपराष्ट्रपतिमा निर्वाचित भए संविधानको पालनालाई पहिलो प्राथमिकतामा राख्ने बताए।
“गठबन्धनको सर्वसम्मत उम्मेदवार म नै हो। सबै सदस्यले मत दिएर मलाई जिताउनु हुनेछ भन्ने पूर्ण विश्वास छ,” शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीसँग उनले भने, “उपराष्ट्रपतिमा निर्वाचित भएँ भने राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्नेछु। इमानदारितापूर्वक जनताको पक्षमा काम गर्नेछु।”
नेपाललाई समतामूलक र समृद्ध मुलुक बनाउन आफ्नो भूमिका रहने यादवले बताए। उपराष्ट्रपतिका लागि मतदान जारी छ।
यादवसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
