एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल चयन, वेदुराम भुसाल उपाध्यक्ष

पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकले उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ शाह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ।  

काठमाडौँ– एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल चयन भएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए।

यस्तै बैठकले वेदुराम भुसाललाई उपाध्यक्षमा मनोनीत गरेको छ। उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ शाह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको खतिवडाले बताए।

केन्द्रीय सचिवालय १९ सदस्यीय बनाइएको छ। यसैबीच बैठकले सरकारलाई विश्वासको मत दिने र सत्तापक्षको बेन्चमा बस्नेसमेत निर्णय गरेको खतिवडाले बताए।