राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिलेकै प्रणाली चलाउन नसक्ने अवस्थामा पुगिएको बताएका छन्।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन। सरकार भत्काउने, बनाउने देखिएको छ। अब पनि यही हो”
उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिलेकै प्रणाली चलाउन नसक्ने अवस्थामा पुगिएको बताए। उनले सरकार संसद्को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु सर्मनाक रहेको बताए। उनले सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे।
अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए। आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने स्पष्ट पारे। “सत्ता र शक्तिको लागि एकले अर्कोलाई खसाल्ने र आफू राम्रो बन्ने कुराबाट जनतालाई राम्रो हुँदैन। प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
