उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानूनको आवश्यकता रहेको बताएकी छन्।
काठमाडौँ– उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानून आवश्यक रहेको बताएकी छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालमा आणविक कानूनको आवश्यकता औँल्याएकी हुन्।
छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरको क्षतिपूर्ति दिनुपर्ने बताइन् “हामीलाई आणविक कानूनको आवश्यकता रहेको छ। छिमेकीहरूले आणविक प्रयोग गरेर केही भयो भने तिनीहरूले क्षतिपूर्ति दिनुपर्छ। दुई ठूला देशको बीचमा भएकाले हामीलाई अवश्य पनि खतरा छ,” उनले भनिन्। उनले नेपाल शान्तिप्रिय देश भएकाले यहाँ शान्ति चाहिएको उल्लेख गरिन्।
प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिएर बनाउनुपर्ने बताए। उनले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशलाई ध्यान दिनुपर्नेमा जोड दिए।
“यो आणविक हतियार वा आणविक पदार्थको सन्दर्भमा हामीले नियमहरू बनाउँदा नेपालको परराष्ट्र सम्बन्धका मुख्य अंशलाई ध्यान दिनुपर्छ। हाम्रो पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति हो। हामीले शान्ति क्षेत्र भनेका छौँ नेपाललाई, हामी कुनै पनि युद्धसँग संलग्न छैनौँ। कुनै पनि युद्धलाई हामी सहयोग गर्दैनौँ,” उनले भने।
प्रतिनिधिसभा सदस्य भट्टराईले नेपाल छिमेकी देश चीन र भारको बीचमा रहेको भन्दै कानून बनाउँदा ठूला देशको बीचमा हुँदाको फाइदा र अप्ठ्याराबारे पनि विचार गर्नुपर्ने बताए। उनले भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
