५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वनका अध्यक्ष, सचिव र कोषाध्यक्षसहित आठजना पक्राउ परेका छन्।
नेपालगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामुदायिक वनको घाटगद्दीमा रहेको ५२ लाख रुपैयाँ बराबरको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खड्गबहादुर ओली र शिवकुमारी थारुलाई पक्राउ गरिएको हो।
उनीहरूमाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ।
“काठ, दाउरा बेचेको हिसाब पनि छैन। खातामा समेत पैसा देखिँदैन,” अधिकृत खड्काले भने, “समितिका पदाधिकारी नै मिलेर अनियमितता गरेको देखियो।”
उनीहरूले साल, अस्ना, कर्मा, जामुन, शिरीषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
