क्रोएसियास्थित ‘बोट्स एन्ड पोट्स साई फुड बिस्ट्रो’ रेस्टुरेन्टमा रोबोटले पकाएको खाना खान पाइन्छ। मानिसको सहायता बिना रोबोटले खाना तयार गर्ने यो विश्वकै पहिलो रेस्टुरेन्ट भएको दाबी गरिएको छ।
क्रोएसियाको ‘बोट्स एन्ड पोट्स साई फुड बिस्ट्रो’ रेस्टुरेन्टमा रोबोटले पकाएको खाना खान पाइन्छ।
सुन्दा अचम्म लाग्छ, रोबोटले कसरी खाना पकाउनसक्छ? तर, यो सत्य हो। त्यस रेस्टुरेन्टमा एक वर्षदेखि ‘रोबोट सेफ’ले खाना पकाइरहेको छ।
रोबोटले पास्ता, मासुसहित ७० प्रकारका परिकार मानिसको सहयोग बिना नै तयार गर्नसक्ने रोयटर्सले जनाएको छ। खानाको गुणस्तर पनि राम्रो रहेको ग्राहकले बताएका छन्।
“विश्वका अन्य रेस्टुरेन्टमा पाहुनालाई स्वागत गर्न, खाना पस्किन, पिज्जा बनाउन र तरकारी काट्नलगायत काममा रोबोट प्रयोग गरिन्छ। तर, रोबोटिक सेफले मानिसको सहायत बिना नै खाना तयार गर्ने यो विश्वकै पहिलो रेस्टुरेन्ट हो,” रेस्टुरेन्टका सहसञ्चालक हर्भोजी बुजासले भने।
यस प्रकारको रेस्टुरेन्ट खोल्ने विचारलाई अभ्यासमा उतार्न बुजास र उनका साथीलाई ७ वर्ष लागेको थियो। १० लाख अमेरिकी डलर लगानीमा गत वर्षदेखि रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।
रोबोटले खाना पकाउन आवश्यक सामग्री लोड गरेर आफैँ मात्रा मिलाएर पकाउँछ। रेस्टुरेन्टका प्रमुख सेफले त्यहाँको गामासेफ नामको रोबोटिक सेफलाई कसरी खाना पकाउने भन्ने डिजिटल निर्देशन दिन्छन् र त्यही प्रक्रिया दोहोर्याउँदै रोबोटले निरन्तर काम गरिरन्छ।
त्यहाँका पाँचवटा ‘रोबोट कुकर’ले एक घन्टामा १०० पटक खाना तयार गर्ने सहसञ्चालक बुजास बताउँछन्। रेस्टुरेन्टका शाखा खोलेर नयाँ व्यापार मोडल सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।
रोबोटले खाना पकाउने प्रक्रियालाई तीव्र बनाउन सहयोग गर्ने र कर्मचारी अभावका बेला पनि पैसा बचाउन मद्दत गर्ने उनी सुनाउँछन्।
यस्ता पाँचवटा रोबोट राखिएको एउटा रेस्टुरेन्ट एकै मानिसले पनि सञ्चालन गर्न सक्ने उनी बताउँछन्। यो रोबोटिक कुकरको मूल्य प्रतिगोटा १० हजार युरो पर्छ।
“अब कुनै वेटर, कुक र खुद्रा पैसा बिना चल्ने वातावरणको रेस्टुरेन्ट बनाउने हाम्रो अन्तिम लक्ष्य छ। जहाँ मानिसको उपस्थिति बिना नै खाना अर्डर, तयार र भुक्तानी गर्न सकियोस्,” बुजासले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
