शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी रहेको सांसद तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएपछि जमकट्टेलले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन्।
सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यसैबीच एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी रहेको सांसद तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
एमाले सरकारबाट बाहिरिएसँगै कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ। पुस २५ गते माओवादी केन्द्रका जमकट्टेल नेतृत्वमा बनेको सरकारमा एमालेसहित पाँच दल सहभागी छन्।
बागमती प्रदेशसभामा ११० जना सांसद छन्। विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ। यहाँ कांग्रेसका ३७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ जना सांसद छन् ।
यसैगरी एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
