कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए पनि खोटाङस्थित साप्सुखोला जलविद्युत् आयोजनाले सिंगो नदी नै फर्काएर पानी प्रयोग गरेको छ।
खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिंगो खोलो नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ।
प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले खोलामा पानी सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयले विरोध शुरू गरेका छन्। कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले बताए।
“आयोजनाले कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ,” उनले भने, “ तर, साप्सुखोलामा त्यस्तो देखिन। यसले पर्यावरणमा असर पुगेको छ।”
६.६ मेगावाटको आयोजनाले २०७८ मंसिर १४ देखि परीक्षण उत्पादन शुरू गरेको थियो। आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए।
राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। जिल्लाबाट योसँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन्।
साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबारसमेत लगाइएको छैन। जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन्।
प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई सम्झौताअनुसार नदीमा पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिए। “ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था छ। निर्माण कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनका तर्फबाट औपचारिक पत्रसमेत लेख्ने तयारी गरिएको छ,” उनले भने।
आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए। एक अर्ब ५० करोड रुपैयाँमा साप्सुखोला जलविद्युत् आयोजना निर्माण भएको हो।
चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर खसाएर विद्युत् उत्पादन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
