इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी भएका एक हजार ९८१ जना परीक्षार्थीमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए।
काठमाडौँ– इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना उत्तीर्ण भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।
परीक्षामा सहभागी भएका एक हजार ९८१ जना परीक्षार्थीमध्ये ५६५ जना मात्रै उत्तीर्ण भएको काउन्सिलका अध्यक्ष पदम साहीले बताए। उनका अनुसार चैत्र १३ र १४ गते लिएको परीक्षामा २८.५० प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन्। इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा लिइएको थियो।
“२० वटा विधामा जाँच भएकोमा सबैभन्दा धेरै सिभिल इन्जिनियरिङमा ११५३ जना हुनुहुन्थ्यो। यो नतिजा लगभग साढे २८ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। उत्तीर्णांक ५० प्रतिशत हो,” उनले भने।
इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरू गरेको हो। उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ।
इन्जिनियरिङले व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सका लागि परीक्षा शुरू गरेको अध्यक्ष साहीले बताए। इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीसँग परीक्षा लिने गरेको थिएन।
काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिना लाइसेन्स दिएर इन्जिनियरका रूपमा काम गरिरहेका थिए। तर, अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
