जापानको क्योतो सिटी युनिभर्सिटी अफ आर्टस्को दीक्षान्त समारोहमा विद्यार्थीहरू फरक संस्कृति झल्किने र सन्देश दिने पहिरनमा सहभागी हुने गरेका छन्।
जापानको एक विश्वविद्यालयको दीक्षान्त समारोहमा एकजना विद्यार्थी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जस्तै हुलियामा सहभागी भएका छन्।
अमिकी नाम गरेका ती विद्यार्थी जेलेन्स्कीले लगाउने गरेको हल्का हरियो रंगको टिसर्ट र मिल्दो रंगको सुरुवाल लगाएका थिए।
यस्तै, जेलेन्स्कीको जस्तो दारी पाल्न उनलाई तीन वर्ष लागेको जापानी मिडिया योमिउरीले जनाएको छ। “मैले जेलेन्स्कीजस्तो देखिन डिसेम्बरदेखि दारी पाल्न शुरू गरेको हुँ। साथीहरूले पनि मलाई जेलेन्स्कीजस्तै देखिएको प्रतिक्रिया दिएका थिए,” उनले भने।
अमिकीले युक्रेनको साथमा रहेको सन्देश दिन यस्तो लुगा लगाएको बताएका छन्। उनले गत डिसेम्बरमा अमेरिकी संसद्मा पुगेर जेलेन्स्कीले गरेको भाषणको केही अंश लेखिएको प्लेकार्डसमेत बोकेका थिए।
क्योतो सिटी युनिभर्सिटी अफ आर्टस्मा दीक्षान्त समारोहमा विद्यार्थीले आफूलाई मन परेको लुगा लगाएर जान पाउँछन्। त्यसैले विद्यार्थीहरू फरक कला संस्कृति झल्किने र सन्देश दिने खालको पहिरनमा दीक्षान्तमा सहभागी हुने गरेका छन्।
कोरोनाका कारण दीक्षान्त कार्यक्रमले निरन्तरता पाउन नसकेपछि तीन वर्षमा पहिलो पटक समारोहको आयोजना गरेको थियो। स्नातकको दीक्षान्त समारोहमा विद्यार्थीहरू खरायो, पोकेमन, वली, जिसस क्राइस्ट जस्ता पहिरनमा उपस्थित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
