जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठका लागि नेपाल तथा भारतबाट समेत साधुसन्त र तिर्थालु आएका छन्।
काठमाडौँ– भगवान् रामको जन्मदिनका अवसरमा आज रामनवमी पर्व मनाइँदै छ।
जनकपुरधामसहित देशका विभिन्न स्थानमा रहेका रामसीता मन्दिरमा बिहानैदेखि तिर्थालुको घुइँचो लागेको छ।
त्रेता युगमा चैत शुक्ल नवमीका दिन भगवान् रामको जन्म भएको थियो। सोही सम्झनामा ‘रामनवमी’ पर्व मनाउने चलन छ। रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठका लागि नेपाल तथा भारतबाट समेत सयौँ साधुसन्त र तिर्थालु आएका छन्। दिउँसो जानकी मन्दिरमा भव्य आरती हुनेछ।
त्यस्तै पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, रामायण वाचन र भगवान् रामको पूजा आराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ। रामकै जस्तो गुण हामीमा पनि प्राप्त होस् भन्ने कामनाले रामनवमी पर्व मनाउने गरिएको ग्रन्थमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
