नेपालले प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगितामा लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।
काठमाडौँ– आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स् कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा शुक्रबार लाओसविरुद्ध २-१ गोलको जित निकाल्दै नेपालले उपाधि रक्षा गरेको हो।
दशरथ रंगशालामा नेपालले सन् १९८४ पछि दोस्रो, समग्रमा तेस्रो उपाधि जितेको हो। दशरथ रंगशालामै नेपाली टोलीले दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलको उपाधि जितेको थियो। त्यस्तै, दुई वर्षअघि नेपालले बंगलादेशलाई २-१ ले नै पराजित गर्दै थ्री नेसन्स् कपको उपाधि जितेको थियो। नेपाली टोलीको समग्रमा भने यो छैटौँ उपाधि हो।
नेपालले सन् १९८४ पछि सन् १९९३ मा दक्षिण एशियाली खेलकुदको पुरुष फुटबलको उपाधि जितेको थियो। त्यसपछि सन् २०१६ मा नेपालले बंगबन्धु र एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।
शुक्रबार नेपाललाई छैटौँ उपाधि दिलाउनलाई आयुष घलान र मनिष डाँगीले गोल गरे।
खेलको १३औँ मिनेटमा पाहुना टोलीले अग्रता लिएको थियो। उसका फौथाभोङ साङभिलेले गोल गरे। उनले बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरू बिट भइसकेको अवस्थामा हाफ भली प्रहार गर्दै गोल गरे।
तर, २४औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो। एरिक विष्टले दिएको लामो पासमा बक्स भित्रबाट आयुश घलानले गोल गरे।
६९औँ मिनेटमा निशान खड्काको फ्रिकिक क्रसबारमा लागेर फर्कियो। त्यसको पाँच मिनेटपछि मनिषले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्ड बललाई पोस्टभित्र छिराए। तर, असिस्टेन्ट रेफ्रीले अफसाइडका लागि झन्डा उठाए।
८७औँ मिनेटमा मनिषले नेपाललाई अग्रता दिलाए। अञ्जनले दिएको बललाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै मनिषले गरेको प्रहार लाओसका गोलरक्षकले बचाउन सकेनन्।
नेपाल र लाओससहित प्रतियोगितामा भुटानको सहभागिता थियो। अंक तालिकामा नेपाल शीर्ष र लाओस दोस्रो हुँदै फाइनलमा पुगेका हुन्। नेपालले पहिलो खेलमा लाओसलाई २-० ले पराजित गरेको थियो। भुटानसँग १-१ को बराबरी खेलेको थियो। लाओसले आफ्नो दोस्रो खेलमा भुटानलाई २-१ ले पराजित गरेको थियो।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
