राष्ट्रियसभा सदस्य वामदेव गौतमले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडन अहिलेसम्म अन्त्य हुन नसकेको बताएका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरूमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन्।
शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिनु नहुने बताएका हुन्।
उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए। उनले दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने बताए।
उनले कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने भन्दै उनले सबै मानिस एकै भएको बताए। दलित र उत्पीडितजस्ता शब्द नै खारेज गर्नुपर्ने उनको भनाइ छ। उनले छुवाछूत गर्नेलाई आजीवन कारावास र भेदभाव गर्नेलाई कम्तिमा दश वर्ष कैद र जरिबाना गर्नुपर्ने कडा कानून बनाउनुपर्ने बताए।
उनले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरूको अन्त्य गर्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
