बागलुङका दुर्गम गाउँहरू सडक सञ्जालले जोडिएका छन्। सडक पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ।
ढोरपाटन– ताराखोला गाउँपालिका–५ मदमडाँडा तीन वर्ष अगाडि सडकले जोडियो। सडक पुगेपछि स्थानीयले गाउँमा नै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्।
म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्थानीय सरकार गठन हुनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाका धेरै गाउँमा सडक पुगेको थिएन।
अहिले अधिकांश बस्तीमा सडक पुगेको छ। मदमडाँडाका ४३ वर्षीय अम्मर घर्तीले गाउँमा सडक आएपछि जीवनशैली बदलिएको बताए। बजारभन्दा गाउँ टाढा भएकाले घण्टौँ लगाएर नुनतेल जोहो गर्नुपरेको घर्तीले स्मरण गरे। “फेदीसम्म १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेदी पुगेर सामान ल्याउने गर्थ्यौँ। पहिले बागलुङ बजार, हटिया बजार जानुपर्थ्यो। त्यहाँ जान एक दिन लाग्थ्यो,” उनले भने, “अहिले सामान घरमा नै आउँछ।”
गाउँपालिकाले पाँच वटै वडाका बस्तीमा सडक पुर्याएको छ। यो क्षेत्र आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ। कृषि उपज वस्तु बजारीकरणमा सहज भएको स्थानीय विनोद घर्तीमगरले बताए। विगतमा खेर जाने गरेका आलु, सिमी र भाँगोले अहिले सहज रूपमा बजार पाउन थालेको उनको भनाइ छ। “सडकले गाउँ र गाउँलेलाई आम्दानीसँग जोडेको छ। गाडी आएर कृषकले बेच्न चाहेका सामान लिएर जान्छ,” उनी भन्छन्, “धेरैको जीवनस्तर राम्रो बन्दै छ।” गाउँपालिकाले सडक विस्तार गर्न हालसम्म २० करोड रुपैयाँ लगानी गरीसकेको छ।
एक दशकयता ताराखोलामा ठूलो परिवर्तन आएको ७० वर्षीया रुपकला घर्तीमगरले बताइन्। कोही सामान्य बिरामी परे डोलामा बोकेर अस्पताल पुर्याउने गरेको स्मरण गर्दै उनले अहिले उपचार समयमै गराउन पाएको सुनाइन्। “विकास भनेको नै यही त होला नी। हाम्रो पालामा सडक थिएन। साँघुरो गोरेटोमा हिँड्थ्यौँ। बिजुली थिएन। टुकीको भरमा रात कटाउँथ्यौँ। पढ्ने लेख्ने चलन थिएन। नुनतेल ल्याउन हप्तौँ लगाएर बटौली (बुटवल) जान्थ्यौँ,” घर्तीले आफ्नो विगत स्मरण गर्दै भनिन्, “अहिले केही कमी छैन। सबैथोक गाउँमै छ।”
गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले ८५ प्रतिशत बस्तीमा सडक पुगेको बताए। भौगोलिक कठिनाइका बाबजुद ताराखोलामा विकासका ढोका खुलेको उनको भनाइ छ। “एक गाउँदेखि अर्को गाउँ जोड्न धेरै बजेट लाग्छ,” उनले भने, “अझै केही बस्तीमा पुर्याउनु पर्नेछ। कच्ची सडक व्यवस्थित बनाउने योजना छ।”
गलकोट नगरपालिकाको हटिया बजारदेखि हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्रेको चरणमा छ। यो सडक ताराखोलाको ‘लाइफ लाइन’ बन्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
