बालबालिकाको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भन्दै युकेमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना गरिएको छ।
युकेमा बालबालिकाको तथ्यांक दुरुपयोगसम्बन्धी कसुरमा टिकटकमाथि १२.७ मिलियन पाउन्ड (झन्डै २ अर्ब ८ करोड नेपाली रुपैयाँ) जरिबाना गरिएको छ।
सूचना आयुक्तको कार्यालय (आईसीओ)ले गरेको अनुसन्धानका क्रममा भिडियो सेयरिङ एप टिकटकले बालबालिकाका तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भेटिएको थियो। तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन सन् २०१८ देखि २०२० को बीचमा भएको बताइएको छ।
टिकटकले सन् २०२० मा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो प्लेटफर्म प्रयोग गर्ने अनुमति दिएको आईसीओको अनुमान छ। टिकटकमा पनि बालबालिकाले खाता खोल्न नपाउने व्यक्त गरेको छ।
यो अवधिमा युकेका १० लाख बालबालिकाले टिकटकमा आफ्नो खाता खोलेका थिए। युकेको तथ्यांक सुरक्षासम्बन्धी कानूनअनुसार १३ वर्षभन्दा कम उमेरका बालबालिकाको जानकारी लिँदा व्यक्तिगत तथ्यांक संकलन गर्ने प्लेटफर्मले अभिभावकको अनुमति लिनुपर्ने हुन्छ।
सूचना आयुक्त जोन एडवर्ड्सले भने, “हाम्रा बालबालिका भौतिक दुनियाँमा जति सुरक्षित छन्, त्यति नै डिजिटल दुनियाँमा सुरक्षित छन् भन्नका लागि यहाँ कानूनी व्यवस्था रहेको छ। टिकटकले ती कानूनी प्रावधानलाई पालना गरेको देखिएन।”
उनका अनुसार टिकटकले १३ वर्षभन्दा कम उमेरका १० लाख बालबालिकालाई गैरकानूनी रूपमा आफ्नो प्लेटफर्ममा पहुँच प्रदान गर्यो। जसबाट टिकटकले उनीहरूका व्यक्तिगत तथ्यांक संकलन गरेर तिनको उपभोग गर्यो।
उनले बालबालिकाहरूको तथ्यांक उनीहरूलाई पछ्याउनसहित विभिन्न गलत गतिविधिका लागि प्रयोग गरेको हुन सक्ने आशंका व्यक्त गरे। उनले भने, “टिकटकलाई राम्रोसँग थाहा हुनुपर्थ्यो। टिकटकले आफूलाई राम्रोसँग प्रस्तुत गर्नुपर्थ्यो। हाम्रो १२.७ मिलियन जरिबानाले उनीहरूको फितलोपन गम्भीर अवस्थालाई देखाउँछ।”
टिकटकले आईसीओको निर्णयमा आफू असहमत रहेको जनाएको छ। टिकटकका एक प्रवक्ताले बीबीसीलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो प्लेटफर्ममा पहुँच पुर्याउनबाट रोक्न ठूलो लगानी गरेको बताएका छन्। "हाम्रो ४० हजार जनाको बलियो सुरक्षा टोली प्लेटफर्म सुरक्षित राख्ने मद्दत गर्न २४सै घण्टा काम गर्दछ," उनले भने, "हामीले निर्णयको समीक्षा जारी राख्नेछौँ र अर्को चरणहरूका लागि विचार गर्दैछौँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
