सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडाको समस्या समाधानका लागि संसदीय समिति बनाएर निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले बञ्चरेडाँडामा फालिएको फोहोरको अवस्थाबारे जानकारी लिन संसदीय टोली पठाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले बञ्चरेडाँडामा अव्यवस्थित रूपमा फोहोर फालिँदा झनै किचलो बढ्दै गएको भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले त्यहाँका समस्या समाधानका लागि संसदीय समिति बनाएर निरीक्षण र अवलोकनका लागि जानुपर्ने बताए।
उनले वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोर भरिएको भन्दै आपत्ति जनाए। “वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेर बनाइएको पोखरीमा पनि अहिले फोहोरको डंगुर छ। फोहोरबाट निस्किएको झोल छ। घरमा बस्न नसकिने अवस्था छ,” उनले भने।
स्थानीयले समस्या समाधानको माग गर्दा सरकारले प्रहरी प्रशासन लगाएर स्थानीयमाथि ज्यादती गरेको बताए। उनले उक्त क्षेत्र हवाई रुट भएकाले कुनै पनि बेला दुर्घटना निम्तिन सक्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे।
“फोहोर गिद्ध, चिलहरूले एक ठाउँबाट अर्को ठाउँमा उडाएर लैजान्छ, हवाई रुट भएकाले जुन कुनै बेला पनि दुर्घटना हुनसक्ने आकलन गर्न सकिन्छ,” उनले भने। उनले कोल्पो खोलामा फोहोर बगाउन बन्द गर्न पनि आग्रह गरे।
नदी प्रदूषित गर्ने उद्योगीलाई कारबाही गर्न माग
त्यस्तै, बिहीबारकै प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले बारा र पर्सा जिल्लाको सिमानामा पर्ने सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्न माग गरेका छन्। सिर्सिया नदी किनारामा विभिन्न उद्योगहरू सञ्चालनमा रहेका र ती उद्योगबाट निस्किने रासायनिक पानी सिधै नदीमा मिसाउँदा नदी प्रदूषित भएको उनको भनाइ छ।
उनले नदी प्रदूषित हुँदा मानिस र पशु चौपायालाई समेत छालासम्बन्धी विभिन्न रोगको संक्रमण भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले अविलम्ब नियम मिचेर काम गर्ने उद्योगीहरूलाई कारबाही गर्न सरकारसँग माग गरे।
उनका अनुसार सिर्सिया नदी प्रदूषण र विषालु पानी फाल्ने छाला उद्योगको डिस्टिलरी उद्योग, आइरन उद्योग, टेस्टाइल उद्योग, घिउ, उद्योग, साबुन उद्योग, कार्टुन उद्योग, कागज उद्योग, सलाई उद्योग र राँगा काट्ने उद्योगहरू छन्। उनले यी उद्योगीहरूले बदमासी गरेको कुरा थाहा पाउँदा पाउँदै पनि सरकार मूकदर्शक भएको आरोप लगाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
