२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका चार वटा टावर पुनर्निर्माण गरी बिहीबारबाट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।
काठमाडौँ– लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ।
२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका चार वटा टावर पुनर्निर्माण गरी बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा ल्याइएको हो। प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएसँगै ३०० मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ।
नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकास्थित उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सब स्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति गरेका टावर पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो।
वैकल्पिक व्यवस्थाका रूपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत् जोडिएको थियो। यससँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत् आयोजनाको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए ।
प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८।६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’सहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ।
उदीपुर सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्य मस्र्याङ्दीको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ। यसका लागि निर्माणाधीन २२० केभी मस्र्याङ्दी करिडोरको ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ। निर्माणको अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ।
करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो। प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ। आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभीए क्षमताको सबस्टेसन निर्माण गरेको छ।
२०७७ सालमा निर्माण सम्पन्न भएको प्रसारण लाइनका ४ वटा टावर २०७८ असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
