अर्थतन्त्र सुधार, सुशासन, संक्रमणकालीन न्याय, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ।
काठमाडौँ– सरकारले बिहीबार साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धन दलबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए।
“सानातिना सुझाव केही भए दिउँसोसम्म र साँझ ५ बजे सार्वजनिक गर्ने सहमति भएको छ,” गुरुङले भने, “लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय र सुशासनलाई प्राथमिकतामा राखिएको छ।”
अर्थतन्त्र सुधार, सुशासन, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णता, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई समेटेर सरकारले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ।
महासचिव गुरुङले बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे। यसअघि सत्ता साझेदार दलका नेताहरू सम्मिलित कार्यदललाई न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मा दिइएको थियो।
कार्यदलमा कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेललगायत थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
