नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित हुँदै पेरिस ओलम्पिक–२०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोटबाट बाहिरिएको छ।
काठमाडौँ– पेरिस ओलम्पिक–२०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पराजित हुँदै छनोट हुन असफल भएको हो।
यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ। फिफा वरीयताको ३३ औँ स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो। घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भयो।
शुरूआती १० मिनेटमै २ गोलले पछि परेको नेपालले पहिलो हाफको अन्त्यतिर केही राम्रो प्रदर्शन गर्दै खेलमा फर्किने संकेत देखाए पनि असफल रह्यो। पहिलो हाफमा २–० को अग्रता लिने क्रममा भियतनामकी फाम हायी यनले गरेकी हुन्।
खेलको छैटौँ मिनेटमा यनको गोलमार्फत भियतनामले अग्रता लिएको थियो। नेपाली टोलीको रक्षापंक्तिले क्लियर गर्न नसकेको बललाई यनले जाली चुमाउन सफल भएकी थिइन्। त्यसको एक मिनेटपछि नै यनले टोलीको अग्रता दोब्बर बनाइन्।
ट्रान थि ठु थाओको क्रसमा तीन नेपाली रक्षकहरूको बीचबाट आकर्षक शैलीमा बललाई नियन्त्रणमा राख्दै उत्कृष्ट गोल गरिन्। २३ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहार भियतनामकी गोलरक्षक खोंग थि हांगले जोगाइन्। ३९ औं मिनेटमा सावित्रा वान भर्सेस वान अवस्थामा चुकिन्।
पहिलो हाफमा २–० ले पछि परेको नेपालले खेलमा फर्किन निकै संघर्ष गरे पनि अन्तर घटाउन असफल रह्यो। घरेलु टोलीविरुद्ध सहज जित निकालेको भियतनाम लगातारको सफलतापछि दोस्रो चरणमा प्रवेश गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
