राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
इजरायलले आइतबार सिरियामा श्रृंखलाबद्ध रकेट प्रहार गरेको छ। सिरियाले गोलन हाइट्सलक्षित आक्रमण गरेपछि प्रतिक्रियामा रकेट आक्रमण गरिएको इजरायली सेनाले जनाएको छ। साथै, तीन जना सिरियाली नागरिक अवैध रूपमा आफ्नो भूमिमा प्रवेश गरेको इजरायली सेनाको भनाइ छ।
इजरायली सुरक्षा बलले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो भूमिमा पछिल्लो समय भइरहेका सबै घटनाक्रम र गतिविधिमा सिरिया जिम्मेवार रहेको जनाएको छ। र इजरायल आफ्नो देशको सार्वभौमिकता उल्लंघन गर्ने कुनै प्रयास हुन नदिने बताएको छ।
यता, इजरायलले सिरियालक्षित आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले फेसबुकमार्फत जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ। इजरायली आक्रमण जारी रहेको र केही क्षेप्यास्त्रहरूलाई आफ्ना सेनाले निष्क्रिय पारिदिएको सिरियाली सुरक्षा अधिकारीहरूले दाबी गरेका छन्।
केही संरचनाहरूमा क्षति पुगे पनि मानवीय क्षति नभएको सिरियाली सेनाको भनाइ छ। राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।
यसैबीच, सिरिया र इजरायलसँग सीमा जोडिएको देश जोर्डनले शनिबार आफ्नो आकाशमा रकेट विस्फोट भएको र त्यसका टुक्राहरू जोर्डनको भूमिमा खसेको बताएको छ। मानवीय क्षति भने नभएको बताइएको छ।
यसअघि शुक्रबार पनि इजरायलले लेबनानको दक्षिण क्षेत्रलक्षित आक्रमण गरेको थियो। इजरायलको छिमेकी शत्रुराष्ट्र प्यालेस्टाइनको विद्रोही समूह हमास कार्यकर्तालक्षित आक्रमण गरेको इजरायलको भनाइ थियो। इजरायलको उत्तरी क्षेत्रमा हमासले ३४ वटा रकेट आक्रमण गरेको भन्दै इजरायलले सो आक्रमण गराएको थियो।
पहिले सिरियाली भूभागमा पर्ने क्षेत्र गोलन हाइट्सलाई हाल इजरायलको कब्जा (सन् १९८१ देखि) छ। सन् १९६७ मा भएको ६ दिने युद्धका क्रममा इजरायलले सो भूमि नियन्त्रणमा लिएको थियो। तर त्यसलाई अधिकांश अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। सोही भूमि फिर्ताका गर्न चाहेको सिरिया र नियन्त्रण कायम गर्ने पक्षको इजरायलबीच बेला बेला आक्रमण हुने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
