सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश दिइसकेको छ। प्राथमिकतामा परेकाले आज उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना छ।
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइ आइतबार हुँदैछ।
काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। यसअघि समय अभावका कारण उक्त मुद्दाको सुनुवाइ हुन सकेको थिएन।
सर्वोच्च अदालतले सन्दीपविरुद्धको मुद्दा फास्ट ट्रयाकबाट किनारा लगाउन आदेश दिइसकेको छ। प्राथमिकतामा परेकाले आज उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना छ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई निलम्बन गरेको थियो। सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो।
तर, पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
