नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनको मतपरिणमबाट वरिष्ठ उपाध्यक्षका ३ जना आकाक्षीमध्ये कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच मतदान हुने तय भएको थियो। दोस्रो चरणको निर्वाचन दिउँसो २ बजे तोकिएको भए पनि छलफलका कारण मतदान समय ४ बजे सारिएको थियो।
निवर्तमान अध्यक्ष, पूर्वअध्यक्षहरू र उम्मेदवारबीच भएको छलफलमा उमेशलालले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्षको अर्का दाबेदार रामचन्द्र संघाइ पहिलो चरणको निर्वाचनबाटै बाहिरिएका थिए। छलफलका क्रममा रामचन्द्र संघाई पक्षले अञ्जनलाई सहयोग गर्ने बताएपछि उमेशलाल पनि पछि हटेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
