रामचन्द्र संघाई प्यानलकी उनले अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन्।
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित भएकी छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उनी एसोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन्।
विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले महिला उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन्। “जित्न कठिन थियो। तर, आत्मविश्वास थियो। किनभने सत्यले जित्छ। म टिमलाई समेटेर काम गर्छु,” उनले भनिन्, “चुनाव सकिएपछि हामी एक हुन्छौँ। आम मतदाताले गर्नुभएको विश्वास टुट्न दिन्न।”
यसैगरी उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
