सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। थप आक्रमण हुने डरले मानिसहरू त्रसित छन्।
एसियाको क्षेत्रीय संगठन एसोसिएसन अफ साउथइस्ट एसियन नेशन्स (आसियन)ले म्यानमार सेनाले सर्वसाधारणमाथि गरेको हवाई आक्रमणको निन्दा गरेको छ।
म्यानमारको जागाई क्षेत्रस्थित पाजिगी गाउँमा भएको हवाई आक्रमणमा बालबालिकासहित १०० जनाको मृत्यु भएको छ। घटनाको भर्त्सना गर्दै आसियनले बिहीबार विज्ञप्ति जारी गरेको थियो।
“हालैको हवाई आक्रमणको आसियानले घोर निन्दा गर्दछ। सर्वसाधारणमाथि हुने सबै प्रकारका हिंसा तत्काल अन्त्य हुनुपर्छ,” विज्ञप्तिमा लेखिएको छ, “म्यानमारमा दीर्घकालीन शान्ति समाधानको खोजीका लागि समावेशी रूपमा राष्ट्रिय वार्तामार्फत नै अनुकूल वातावरण सृजना गर्न सकिन्छ।”
सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) सशस्त्र समूहको समानान्तर इकाई प्रशासन नेशनल युनिटी गभर्नमेन्ट (एयूजी)का लागि आयोजना गरेको कार्यक्रमका क्रममा म्यानमार सेनाले हवाई आक्रमण गरेको थियो। सेनाले समेत आक्रमण गरेको पुष्टि गरिसकेको छ।
एक स्थानीयका अनुसार हालसम्म ८० वटा शवको दाहसंस्कार गरिएको छ भने घटनास्थलमा थप ४० वटा जति शव छरिएको हुनसक्छ। तर थप हवाई आक्रमण हुने डरले मानिसहरू त्यहाँ जान डराएको उनले अल जजिरालाई बताएका छन्।
आसियान, म्यानमारसहित दक्षिणपूर्वी १० वटा एशियाली मुलुकको संगठन हो। जसमा आबद्ध देशले एक अर्काको सार्वभौम मामिलामा हस्तक्षेप पाउँदैनन्। तर म्यानमारमा जारी द्वन्द्वलाई कूटनीतिक पहलबाट अन्त्य गर्ने प्रयासमा संगठन लागिरहेको अल जजिराले उल्लेख गरेको छ।
म्यानमारमा सन् २०२१ को सैन्य कूपछि म्यानमारका सैन्य प्रमुख मिन आङ लेङले पाँच बुँदे शान्ति योजनामा सहमति जनाएका थिए। शान्ति योजनामा हिसां र युद्ध अन्त्य गरी वार्तालाई प्राथमिकता दिने उल्लेख भएपनि त्यसमा प्रगति देखिएको छैन। बरु हिंसा थप बढिरहेको छ।
म्यानमारमा जारी द्वन्द्व र युद्धमा हजारौँ मानिसको मृत्यु भएको अधिकारीवादी समूहको भनाइ छ। यस्तै, १२ लाख मानिस विस्थापित भएका छन्। सैन्य ‘कू ’पछिल्लो दुई वर्षपछि पीडीएफ र आदिवासी सशस्त्र समूहले सेनाविरोधी गतिविधिलाई बढाएका छन्।
शान्ति योजनामा प्रगति नगरेको भन्दै आसियानले म्यानमारलाई संगठनको सम्मेलनमा प्रतिबन्ध लगाएको छ। तर केही सदस्य राष्ट्रले कडा प्रतिबन्धको माग गरिरहेका छन्। यस वर्ष आसियानको अध्यक्षता गरिरहेको इन्डोनेसियाले म्यानमारविरुद्ध कडा प्रतिबन्ध लगाउने बताइएको छ।
इन्डोनेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत मे मा फिलिपिन्स भ्रमणका क्रममा भनेका थिए, “आसियानले म्यानमारमा जारी संकट समाधानमा दबाब सिर्जना गर्नुपर्छ। जारी संकटलाई हामीले देशको आन्तरिक मामिलाका रूपमा मात्रै लिनु हुँदैन। त्यसैले म आसियानका साथीहरूलाई थप कडा कदम चाल्नका लागि अपिल गर्न चाहन्छु। आवश्यक परे हामीले सशस्त्र रूपमा पनि संलग्न हुनुपर्नेछ। किनकि कहिलेकाहीँ मिलिटरी जुन्ताले नागरिकको कथा व्यथालाई बुझ्दैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
