पाल्पाको रामपुरमा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ। यहाँ गोलासहितको मौरीघार नौ हजार, खालीघार पाँच हजार रुपैयाँ र मह प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री हुने गरेको छ।
रामपुर– पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।
रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपाने पाल्पाकै नमुना र सफल व्यवसायी हुन्। घर वरिपरि फलफूलसहितको मौरीघारले भरिएको बगैँचामा दिनभर मौरीको रेखदेख, हेरचाहमा रमाउने गरेका छन्।
उनी मौरीपालन व्यवसायमा अब्बल कृषकका रूपमा चिनिन्छन्। हाल मौरीगोलासहित ४० वटा घार छन्। चार रोपनी क्षेत्रफलमा बगैँचाभित्र घर राखेका छन्। २५ वर्षअघि थालेको व्यवसाय निरन्तर रूपमा अगाडि बढाइरहेका छन्।
“मौरीपालनमा लागेपछि समय बिताउन समस्या छैन,” उनी भन्छन्, “बुढ्यौलीमा घर वरपरका बगैँचामा मौरीपालन गरेर आम्दानी मात्र नभई घरमा यससम्बन्धी ज्ञान सीप सिक्न आउनेलाई प्रविधिसमेत सिकाइरहेको छु।” गोलासहितको मौरीघार नौ हजार र खालीघार पाँच हजार रुपैयाँ तथा मह प्रतिकिलो एक हजार १०० रुपैयाँमा बिक्री हुने गरेको छ।
वर्षमा करिब सय मौरीघार बिक्री भइरहेको छ। एक घारमा वर्षमा तीन पटक मह उत्पादन हुने गर्दछ। करिब डेढ क्विन्टल मह उत्पादन हुने गरेको न्यौपानेले सुनाए। एउटा घारमा वर्षको १८ किलोसम्म मह उत्पादन लिएको उनको भनाइ छ। यसबाट वार्षिक छ लाख रुपैयाँसम्म आम्दानी भइरहेको छ।
“लगानी धेरै गर्न नपर्ने, सानो लगानीबाट धेरै आम्दानी लिन सकिने, पशुपालनलाई झैँ आहार व्यवस्थापन गर्न नपर्ने भएपछि मौरीपालनबाट फाइदा लिन सकिन्छ,” उनी भन्छन्, “स्वास्थ्यका लागि पनि हितकारी हुने भएकाले यो व्यवसाय आनन्दको छ।” भारतीय सेनाको जागिर बीचमै छाडेर गाउँ फर्केर मौरीपालनलाई व्यावसायिक रूपमा शुरू गरेका हुन्।
स्वास्थ्यका लागि मह अति राम्रो हुने भएकाले पछिल्लो समय बजारमा माग बढ्दो छ। झट्ट बिक्री नभए पनि अन्य कृषि उपजझैँ मह बिग्रिँदैन। “मह औषधिका रूपमा पूजाआजामा प्रयोग गरिने भएकाले बजार राम्रै छ। स्थानीय स्तरमा भन्दा बाहिर धेरै खपत भइरहेको छ,” उनले भने।
मंसिर, फागुन र साउनमा मह निकाल्ने गरिन्छ। यहाँ उत्पादित मह अस्ट्रेलिया, जापानलगायत देशमा कोसेलीका रूपमा पुगेको छ। रामपुर–६ कै टिकाराम पाठक पनि मौरीपालनममा नै रमाइरहेका छन्। मौरी उनका लागि बुढेसकालको सहारा जस्तै बनेको छ। उनका घरमा हाल मौरीका १६ वटा आधुनिक घार छन्।
“मौरीको वर्गीकरण, रानी मौरी पहिचान, गोला निरीक्षण, गोला विभाजनलगायत प्रविधि सिकेपछि व्यवसायमा सजिलो भएको छ,” पाठक भन्छन्, “मह काढ्ने तरिका, गोला विभाजनलगायत प्रविधिमा पोख्त बन्नुपर्छ, सानो प्रविधि जानिएन भने व्यवसायीकरणमा समस्या हुन्छ।” कृषि ज्ञान केन्द्र पाल्पाले मौरीपालनलाई व्यवसायीकरण गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम गरिरहेको कार्यालय प्रमुख कामना अधिकारीले बताइन्।
मौरी प्रवर्द्धनका लागि यसवर्ष कृषकलाई विभिन्न तालिम, सेरेना मौरी वंश सुधारका लागि पूर्वी रुकुम र जुम्लाबाट रानो ल्याएर मौरी संरक्षण गर्ने कार्यक्रम रहेको प्रमुख अधिकारीले बताइन्। उनका अनुसार पूर्वी रुकुमबाट रानो ल्याइसकेको र जुम्लाबाट ल्याउने तयारी भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
