नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू हुन्छ। होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलोपानी दलिन्छ।
काठमाडौँ– मिथिलामा शनिबार हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ। हरेक वर्ष वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्दछन्।
यसअघि बिहानै परिवारका मान्यजनबाट टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ। होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलोपानी दलिन्छ।

यो पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ। पहिले सम्पूर्ण गाउँवासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे। अचेल यो परम्परा लोप हुँदै गइरहेको छ।
मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा विषेश कार्यक्रम आयोजना गरिएको छ। नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व शुरू गरिन्छ।
पहिलो दिन, चना, बदाम, जौ, मकै, कँगनो , गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको भाँडामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ।
बढ्दो गर्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन्। सातु र सर्वत दान दिएर यिनै परिकार खाने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ। ‘सतुवाइन’ मैथिल (मिथिलाका बासिन्दा)ले शुक्रबार नै मनाएका छन्।
दोस्रो दिन, शनिबार घर/घरमा परिवारका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशिर्वाद दिएका छन्। चना, बदामको सातु, दाल, सोहिजन (मुन्गा)को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा छ।

जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ।
धुलो र हिलो माटो छेपाछेप गर्नु पनि कृषि कार्यमा सधैँ लागि रहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृति तथा परम्पराका जानकार सेवानिवृत्त शिक्षक चन्द्रनारायण सिंह थारुले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
