आईपीएल क्रिकेट : पन्जाबसँग लखनऊको हार

लखनऊले दिएको १६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। 

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किङ्सले लखनऊ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

शनिबार राति अटल बिहारी क्रिकेट स्टेडियममा पन्जाबले घरेलु टोलीलाई २ विकेटले स्तब्ध पारेको हो। पन्जाबको यो तेस्रो जित हो भने लखनऊको दोस्रो हो। 

१६० रनको विजयी लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। पन्जाबका सिकन्दर राजाले ५७ रनको अर्धशतकीय इनिङस् खेले। उनले ४१ बलमा ४ चौका र ३ कक्का प्रहार गरे।

माथ्यु सर्टले ३४ र हर्पित सिंहले २२ रन बनाए। शाहरुख खान २३ रनमा अविजित रहे।

लखनऊका मार्क उड, रबि बिस्नोई र युधभिर सिंहले २/२ विकेट लिए। कृष्णप्पा गोथन र क्रुनाल पान्ड्याको नाममा १/१ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५९ रन जोडेको थियो। लखनऊका कप्तान केएल राहुलले ७४ रन बनाए। उनले ८ चौका र १ छक्का प्रहार गरे।

केली मेयर्सले २९, कुर्नाल पान्डयाले १८ रन तथा मार्कुस स्टोनिसले १५ रन जोडे। पन्जाबका साम करणले ३ तथा कागिसो राबडाले २ विकेट लिए। सिकन्दर राजा, हरप्रित ब्रार र आर्शदीप सिंहले १/१ विकेट लिए।

जितसँगै पन्जाब चौथो स्थानमा उक्लिएको छ। लखनऊ दोस्रो स्थानमा छ।