भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु अन्नपूर्ण हिमाल आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा चिप्लिएर बेपत्ता भएको बताइएको छ।
म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन्।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन्। भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले बताए।
“आरोहण सफल नभएपछि आधार शिविरमा फर्कने क्रममा चिप्लिएर लडेर बेपत्ता भएको खबर आएको छ”, उनले भने, “खोजी जारी राखे पनि भेटिएका छैनन्।” मालु सेभेन समिट ट्रेक्क्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए।
मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका हुन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण शुरू भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
