एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको शीर्ष तीन दलका नेताबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न सहमति जुटेको छ।
काठमाडौँ– संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न राजनीतिक नेतृत्वको शीर्ष तहमा सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको हो।
बालकोटस्थित ओली निवासमा सोमबार बिहान भएको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटाएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
“संवैधानिक परिषद्को बैठक बसेर चाँडै नै प्रधानन्यायाधीश नियुक्तिका सम्बन्धमा टुंगो लगाउने सहमति भएको छ,” लेखकले भने, “भोलि वा पर्सितिरै प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुहुन्छ होला।”
यसअघि चैत २९ गते नेपाल बार एसोसिएशनले पत्रकार सम्मेलन गरेर १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नगरेर आन्दोलन गर्ने चेतावनी दिएको थियो। पत्रकार सम्मेलनमा बार अध्यक्ष गोपालकृष्ण घिमिरेले डेढ हप्ताभित्रमा प्रधानन्यायाधीश नियुक्त गर्न अल्टिमेटम दिएको जानकारी दिएका थिए। बारले चैत ३० गते प्रधानमन्त्री दाहाललाई प्रधानन्यायाधीश नियुक्त गर्न ध्यानाकर्षणसमेत गराएको थियो।
२०७७ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दीपककुमार कार्कीले पाएका थिए। २०७८ असोजमा कार्कीले उमेरहदका कारण अवकास पाएपछि हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश भएका हुन्।
एक वर्षभन्दा बढी समय कामु प्रधानन्यायाधीशको भरमा सर्वाेच्च अदालत चलेको भन्दै विरोध भएपछि संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्त गर्न शीर्ष नेतृत्वबीच सहमति भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
