प्रहरी र मिटरब्याज पीडितबीचको झडपका कारण शान्तिवाटिका क्षेत्र तनावग्रस्त बनेको छ।
काठमाडौँ– मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। सोमबार दिउँसो काठमाडौँको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो।
मिटरब्याजविरुद्ध आन्दोलित बनेका मिटरब्याज पीडितले जुलुस निकाल्न खोजेपछि प्रहरीले रोकेको थियो। प्रहरीले बल प्रयोग गरेर जुलुस निकाल्न रोकेपछि मिटरब्याज पीडितले प्रहरीमाथि ढुंगामुडा गरेका थिए।

मिटरब्याज पीडितले ढुंगामुडा गरेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीको लाठीचार्जबाट केही मिटरब्याज पीडित घाइते भएका छन्। प्रहरी र मिटरब्याज पीडितबीचको झडपका कारण शान्तिवाटिका क्षेत्र तनावग्रस्त बनेको छ।

किसान मजदुर संघर्ष समितिको आह्वानमा काठमाडौँ आएका पीडितहरू गत १९ चैतदेखि शान्तिवाटिकामा धर्ना बसिरहेका छन्। पीडितहरूको धर्नास्थललाई सोमबार १० बजेतिर प्रहरीले घेराबन्दी गरेको संघर्ष समिति संयोजक अवधेश कुशवाहाले बताएका थिए। तर, अहिले शान्तिवाटिकाको गेटमा लगाएको ताला फोडेर मिटरब्याज पीडितहरू बाहिर निस्किएका छन्।

यसअघि, गत चैत ३० गते गृह मन्त्रालयमा भएको वार्तापछि सरकारले आफ्ना मागहरू सम्बोधन गर्न नचाहेको आरोप लगाउँदै समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको थियो। सहमति नजुटेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
