३० मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा, पीडित भन्छन्– झण्डामा लौरो रहेको भन्दै प्रशासनले प्रदर्शन रोक्यो
प्रदर्शनमा उत्रिएकामध्ये ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितका एक सदस्यले बताए। आफूलाई लखेट्न पानीको फोहोरा र लाठीचार्जसमेत गरेको प्रदर्शनकारीको भनाइ छ।
काठमाडौँ– प्रहरीले आन्दोलनरत ३० जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएका छ। सोमबार रत्नपार्कस्थित शान्तिवाटिकामा झडप भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रदर्शनमा उत्रिएकामध्ये ३० जनाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितका एक सदस्यले बताए। प्रदर्शन गर्न शान्तिवाटिकाबाट बाहिरिन खोज्दा प्रहरीले रोकेको थियो। त्यसपछि प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितले प्रहरीमाथि ढुंगामुडा गरेका थिए। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो।

उनले शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए। प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको उनको आरोप छ। उनले आफ्ना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको हो।
प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठीचार्जसमेत गरेको प्रदर्शनकारीले बताएका छन्। सरकारले मिटरब्याज पीडितको एक समूहसँग चैत १८ गते पाँचबुँदे सहमति गरेको थियो। तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
