स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ।
पछिल्लो १० वर्षयताको तथ्यांकअनुसार विश्वभर १० हजार हाराहारी विमानस्थल रहेका छन्। तर, तीमध्ये पनि सबैभन्दा आकर्षक विमानस्थल कुन होलान् त?
स्काईरेक्स कम्पनीले उपभोक्तामाझ गरेको सर्वेक्षणका आधारमा विश्वका सबैभन्दा राम्रा १० विमानस्थल छनोट गरेको छ। जसअनुसार यी विमानस्थललाई विश्वका १० आकर्षक विमानस्थलका रूपमा देखाएको छ।
चांगी विमानस्थल, सिंगापुर
पहिलो स्थानमा सिंगापुरको चांगी विमानस्थल छ।यो विश्वकै सबैभन्दा आकर्षक र व्यस्त विमानस्थल पनि हो।
हमाद अन्तर्राष्ट्रिय विमानस्थल, दोहा
दोस्रोमा कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल छ। यस विमानस्थलको संरचना निकै आकर्षक मानिएको छ।
हानेदा विमानस्थल, टोकियो
सूचीको तेस्रो स्थानमा रहेको आकर्षक विमानस्थल हो, जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थल। मुख्य शहरदेखि आधा घण्टा दूरीको यस विमानस्थलमा तीन वटा टर्मिनल छन्।
इंचियोन विमानस्थल, सोल
आकर्षक विमानस्थलको चौँथो नम्बरमा दक्षिण कोरियाको सोलस्थित इंचियोन विमानस्थल छ। यो कोरियाको सबैभन्दा ठूलो विमानस्थल पनि हो।
चार्ल्स् डे गोल विमानस्थल, पेरिस
यस्तै, पाँचौँमा फ्रान्सको पेरिसस्थित चाल्र्स डे गोल विमानस्थल छ। सन् १९७४ देखि सञ्चालनमा आएको यो विमानस्थल विश्वकै आकर्षक मानिन्छ।
इस्तानबुल विमानस्थल, टर्की
यस्तै, टर्कीको इस्तानबुल विमानस्थल छैटौँ आकर्षक विमानस्थलमा रूपमा उल्लेख गरिएको छ।
म्युनिख विमानस्थल, जर्मनी
स्काईरेक्स कम्पनीका अनुसार सातौँमा जर्मनीको म्युनिख विमानस्थल छ। १५० वटा पसल र ५० वटा रेस्टुरेन्ट रहेको यो विमानस्थल जर्मनीको दोस्रो व्यस्त विमानस्थल पनि हो।
स्विस अन्तर्राष्ट्रिय विमानस्थल, स्विजरल्यान्ड
स्विजरल्यान्डको जुरिकस्थित सबैभन्दा व्यस्त स्विस अन्तर्राष्ट्रिय विमानस्थल आठौँ नम्बरमा छ।
नारिता विमानस्थल, जापान
यस्तै, जापानको नारिता विमानस्थल सूचीको नवौँ नम्बरमा छ। राम्रा विमानस्थलको सूचीमा जापानका दुई वटा विमानस्थल परेका छन्।
मड्रिड बारायास विमानस्थल, स्पेन
१०औँ नम्बरमा स्पेनको मड्रिड बारायास विमानस्थल छ। युरोप र ल्याटिन अमेरिकाको उडानका लागि यो विमानस्थल प्रमुख रहँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
