सांगठनिक अपराध र लागूऔषध तस्करीका प्रमुख क्षेत्रलक्षित अनुसन्धानका क्रममा पछिल्लो तीन सातामा इन्टरपोलले २०३ टन कोकिन र अन्य लागूऔषध बदामद गरेको छ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को नेतृत्वमा ल्याटिन अमेरिकी प्रहरीले १५ देशबाट ५ अर्ब ७० कराोड अमेरिकी डलर बराबरको लागूऔषध बरामद गरेको छ।
सांगठनिक अपराध र लागूऔषध तस्करीका प्रमुख क्षेत्रलक्षित अनुसन्धानका क्रममा पछिल्लो तीन सातामा (मार्च १२ देखि अप्रिल २ सम्म) २०३ टन कोकिन र अन्य लागूऔषध बदामद गरेको हो।
साथै, आठ हजार २६३ वटा अवैध हतियार, ३ लाख पाँच हजार राउन्ड गोली र १४ हजार २६० जनालाई नियन्त्रणमा लिएको इन्टरपोलले जनाएको छ। आपराधिक गिरोहले चोरी र हत्याका लागि ती अवैध हतियार प्रयोग गरेको इन्टरपोलको भनाइ छ। इन्टरपोलले तीन सातायता १५ वटा देशमा अनुसन्धान बढाएको थियो।
उरुग्वेमा मात्रै १ लाख गोलाबारुदको अन्तर्राष्ट्रिय तस्करीमा संलग्न दुई युरोपेली नागरिकलाई पनि प्रहरी अधिकारीले नियन्त्रणमा लिएको छ।
मेक्सिकोदेखि र अर्जेन्टिनाको दक्षिणी र उत्तरी क्षेत्रमा हुने तस्करी र लागूऔषधसम्बन्धी सूचनाका आधारमा इन्टरपोलको अपरेशन (ट्रिगर आईएक्स) शुरू भएको थियो।
यो अपरेशन अवैध हातहतियारविरुद्धको लडाइँ भएको इन्टरपोलले जनाएको छ। विभिन्न देशका अधिकारीले विशेषतः ब्राजिल–अर्जेन्टिना सीमा क्षेत्र आसपास अपरेसनलाई केन्द्रित गरेका थिए।

हालैको नियन्त्रणले आगूऔषधको क्षेत्रमा काम गर्ने ठूला र शक्तिशाली गिरोहको काममा अवरोध पुर्याउने इन्टरपोलले जनाएको छ।
अपरेसनका क्रममा १५ वटा देशमा लागूऔषधसहित भ्रष्टाचार, ठगी, मानव तस्करी, वातावरणीय अपराध र विभिन्न आंतकवादी गतिविधिको समेत पहिचान भएको इन्टरपोलले जनाएको छ।
अवैध हतियार तस्करीमा संलग्न कुख्यात आपराधिक संगठनहरू प्रिमेरो कोमान्दो दा कापितल, मारा साल्भाट्रचा र बाल्कन कार्टेलसहित विभिन्न २० वटा आपराधिक संगठनका सदस्यलाई नियन्त्रणमा लिइएको बताइएको छ।
मेक्सिको, मध्य तथा दक्षिण अमेरिकी आपराधिक गिरोहहरू बन्दुकधारी र बढी शक्तिशाली रहेको हालैको अपरेसनमा खटिएका प्रहरीले जनाएका छन्।
यस्तै, ब्राजिल र पाराग्वेमा पनि अवैध हतियार र अनियमित कारोबारमा संलग्न थुप्रै समूहको कारोबार ठप्प पारिएको इन्टरपोलको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
