रियल मड्रिड क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ।
काठमाडौँ– स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
क्वार्टरफाइनलको दुवै लेगमा इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै समग्रमा ४–० को नतिजासहित रियल अन्तिम चारमा पुगेको हो।
गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको दोस्रो लेगमा घरेलु टोली २–० ले स्तब्ध बन्यो। रियलको जितमा दुवै गोल रोड्रिगोले गरे। उनले ५८औँ मिनेटमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए।
८०औँ मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे। यस हारसँगै चेल्सीले अन्तरिम प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रशिक्षणमा लगातार चौथो हार बेहोरेको छ।
यस्तै इटालियन क्लब एसी मिलान पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ को बराबरीमा रोकिए पनि समग्रमा २–१ को नतिजासहित अन्तिम चारमा पुगेको हो।

पहिलो लेगमा मिलान १–० ले विजयी भएको थियो। २२औँ मिनेटमा ओलिभर जिरुडको पेनाल्टी नापोलीका गोलकिपर एलेक्स मेरेटले रोकेपछि मिलानले अग्रता लिन सकेन।
त्यसपछि ४३औँ मिनेटमा जिरुडले नै गोल गर्दै टोलीलाई अग्रता दिलाए। ८२औँ मिनेटमा नापोलीले पनि पेनाल्टीको सदुपयोग गर्न सकेन। कभिचा कभाराकेस्लियाको प्रहार बाहिरिएको थियो।
खेलको इन्जुरी समयमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। तर, पहिलो लेगमा पराजित भएका कारण नापोली अन्तिम चारमा पुग्न सकेन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
