गत वर्षको चैतसम्म १ खर्ब ६० अर्बको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्बमा खुम्चिएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्ममा १२ खर्ब १ अर्बको आयात भएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.०८ प्रतिशतले कम हो। गत वर्ष यो समयमा १४ खर्ब ६६ अर्बको आयात भएको थियो।
आयात घट्दा मुलुकको व्यापार घाटामा पनि सुधार देखिएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि चैतमसान्तसम्ममा व्यापार घाटा १० खर्ब ८३ अर्ब पुगेको हो। यो गत आर्थिक वर्ष सोही अवधिको तुलनामा २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँले कम हो।
गत वर्षको चैतमसान्तसम्म १३ खर्ब ६ अर्ब रुपैयाँ व्यापार घाटा थियो।
चैत महिनामासम्म आइपुग्दा पनि निर्यात पनि निरन्तर घटेको छ। गत वर्षको चैतसम्म १ खर्ब ६० अर्बको निर्यात भएकोमा यो वर्षको सोही अवधिमा १ खर्ब १८ अर्बमा खुम्चिएको हो।
गत वर्षको तुलनमा निर्यात २६.३४ प्रतिशतले कम भएको भन्सार विभागको तथ्यांक छ। कुल वैदेशिक व्यापारमध्ये आयातको ९१ प्रतिशत छ भने निर्यातको करिब ९ प्रतिशत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
