यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकले निक्षेपको ब्याज घटाएकाले बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।
काठमाडौँ– नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएर १९०४.४० बिन्दुमा झरेको छ।
पछिल्लो सातामा भएको ५ कारोबारमध्ये १ कारोबार दिन बजार बढेको थियो भने बाँकी ४ कारोबारमा बजार घट्यो। नयाँ वर्ष लागेसँगै बैंकले निक्षेपको ब्याज घटाएकाले बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजार माथि जान सकेन।
गत साता वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो। आइतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो।
विसं. २०८० को पहिलो कारोबार दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो। उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। आइतबार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो। नेप्से घटेसँगै यस दिन कारोबार रकम पनि घटेको थियो। सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता सेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो। यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता सेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
तर, लगातार रूपमा घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो। बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।
त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ। बिहीबार नेप्सेसँगै कारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सीमित भएको छ। बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिँदासमेत पनि सेयर बजारमा खासै प्रभाव पर्न सकेन।
अधिकांश बैंकहरूले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। गत साता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
