मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खस्यो।
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन्। प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको छ।
शनिबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेका थिए। उनले राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो। मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाऊ भनी राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो।
मुख्यमन्त्री अधिकारीको सरकारको आयु १०५ दिन रह्यो। उनी गत २५ पुसमा एमालेसहित माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।
त्यसपछि प्रदेशसभामा अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका हुन्। उनले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत माग गरेका थिए।
अधिकारीलाई एमालेसँगै राप्रपाका सांसदले विश्वासको मत दिए भने प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सांसदले विपक्षमा मत दिए। प्रदेशमा एमालेका २२ र राप्रपाका दुई, कांग्रेसका २७ र माओवादीका सात, स्वतन्त्र सांसद छन्।
सम्भवतः शनिबार नयाँ सरकार गठन हुनेछ। संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार गठन गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
