काठमाडौँ उपत्यकाका घर, झुपडीदेखि महलसम्म [तस्वीरहरू]

अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन्। काठमाडौँ कंक्रिटको शहरका रूपमा परिचित छ।

तस्वीर : न्युज एजेन्सी नेपाल 

काठमाडौँ– मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो, घर।

समाजमा घर बनाएर बस्नुअघि मानिस कहाँ बस्थे होलान्? बस्ने ठाउँ कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान्? गुफा नभएको ठाउँमा कता बस्थे होलान्? यी सबै कुराका बारेमा समाजशास्त्रीको मत फरक–फरक छ ।

तर, पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो। अझै पनि खोजको विषय बनेको छ। घाम, पानी, हावाहुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै भयो। नेपालमा पर्यटकहरू प्राकृतिक सम्पदा विभिन्न जातिको संस्कृति र मौलिक घर एवं बस्तीहरू हेर्न आउँछन्।

मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ। विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकलाई आकर्षण गरेको छ। पर्यटकहरू आधुनिकभन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् ।

शहरदेखि गाउँसम्म काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घर प्रशस्त छन् । साथै आफ्नो रुची, हैसियत अनुसार काठमाडौँ उपत्यकामा पनि घरका अकार, रङ, शैली फरकफरक छन्। तर, पनि सबैलाई आफ्नो आश्रयका लागि घर चाहिन्छ नै।

मौलिकता र सुन्दरताका हिसाबले काठमाडौँ, भक्तपुर र ललितपुरका पुराना घरहरू ५० वर्ष पहिलेसम्म विश्वका उत्कृष्ट ५० शहरमध्ये १०औँ नम्बरमा थिए। अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसकारण सबैले मौलिक घरलाई छोड्दै कंक्रिटको घर बनाउन थालेका छन्।

काठमाडौँ कंक्रिटको शहरका रूपमा परिचित छ। केही भित्री बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किल प्रायः छ। मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन्। पर्यटन विकासका लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनः उजागर गर्न सबै एक हुन जरुरी छ।

अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घर लोप हुने अवस्थामा पुगेका छन्। पुराना घर भत्काएर कंक्रिटका घर शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन्। काँठ क्षेत्रमा अझै पनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घर फाट्टफुट्ट रहेका छन्। काठमाडौँ उपत्यकामा रहेका फरक शैलीका घरहरू।