तनहुँ–१ मा स्वर्णिम वाग्लेको फराकिलो अग्रता

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायमै राखेका छन्। 

तनहु– तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन्। 

हालसम्म २९ हजार ८०२ मतगणना हुँदा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन्। साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गरेका छन्। 

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो। कूल एक लाख २३ हजार ३०५ मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ।